राजनीति

पञ्चपुरी ५ मा नेकपा एसको अध्यक्षमा सुर्य,

यात्रा समृद्धिको लक्ष्य समाजवादको भन्ने मुल उदघोषका साथ आज नेकपा एकिकृत समाजवादी पञ्चपुरी वडा नम्बर ५ को वडा कमिटी गठन गरिएकाे छ । पञ्चपुरी वडा नं ५ मा भएको भेलाले सुर्य बहादुर बिकको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरेकाे हाे । जसकाे उपाध्यक्षमा कर्णराज ढुंगाना सचीव धनरुपा बिक, उप सचीव मन बहादुर शाही रहनुभएकाे छ ।

त्यसैगरी सदस्यहरुमा सुनिता बिक, सिंह बिक, बल बहादुर बिक, रमेश बिक , कमला बिक , चम्पा बिक, प्रेम बहादुर बिक, उमेश कुमार बयक, कल्पना सार्की, रुद्र बहादुर सार्की, जुनकला बिक र जयकला बिक रहनु भयको छ ।

भेलामा नेकपा एकीकृत पार्टी सुर्खेत जिल्ला कमिटी अध्यक्ष मोहन सिंह बडुवाल, कर्णाली प्रदेश कमिटी सदस्य मन बहादुर बिक, कमल कृष्ण पौडेल, प्रेम राज ढुंगाना, हर्क बहादुर रावल ,मान बहादुर बयक ,खडक थापा, खगेन्द्र सुनार ,गगन बिकको उपस्थिति रहेको थियो । उक्त भेलामा समाजसेवी हस्त बहादुर तिरुवा नेकपा एकीकृत समाजवादिमा प्रवेश गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close