कारोबारजीवनशैलीसमाज

टिमुर र बेसार खेती बाट अात्मनिर्भर बन्दै ललित

[mashshare]

पञ्चपुरी नगरपालिका ८ का ललित सुनारलाई अहिले घरकाे काम मा भ्याई नभ्याई छ । धेरै अगाडि देखि नै भारतमा काम गर्दै परिवारकाे पालनपाेषण गर्दै अाएका सुनार गाउमै कृषि पेशामा अाबद्ध भएका छन । प्रधानमन्त्री कृषि अाधुनिकिकरण परियाेजना अदुवा बेसार जाेन का कार्यसमिति सदस्य समेत रहेका उनी अहिले ब्यवसायीक रुपमा कृषि पेशा गरिरहेका छन । अहिले उनले पञ्चपुरी ८ दुलालथाईमा रहेकाे २५ राेपनी बाझाे जमिन भाडामा लिएर बेसार खेति गरेका छन । अदुवा बेसार जाेन समितिमा छलफल पछि नमुना कृषक बन्न प्रेरित भएको उनी बताउछन् ।

बेसार लगाउन तयारी जग्गा

सामाजिक संजाल युटुब फेसबकमा धेरै कृषकहरुले सफलता प्राप्त गरेकाे देख्दा रहर लागेकाे र सरकारकाे याेजना अनुसारकाे बाझाे जमिनमा खेति गर्ने उद्देश्य अनुसार अाफुले काम गरेकाे उनकाे भनाई छ । करिव २ लाखकाे लगानी गरेर लगाएकाे बेसार खेतिमा अहिले लकडाउनकाे समयमा ७ जनाले प्रत्यक्ष काम समेत पाएका छन ।

जग्गा तयारी गर्दै

१५ हजार भाडामा लिएर खेति गरेका उनी संग अहिले २ जना कृषकलाई समन्वय गरेर साझेदारी मा काम गर्दै अाएका छन । कम लगानीमा राम्रो उत्पादन लिन सकिने ब्यवसायकाे रुपमा लिएकाे बेसार खेतिमा बेसार उत्पादन भएपछि उपयुुक्त बजार भाउ नपाईने हाे कि भन्ने सुनार लाई चिन्ता लागेकाे छ ।

बेसार खेति

अनुदान लिनकाे लागि ब्यबसाय गरेकाे त हाेईन भन्ने एक फरक प्रश्नमा सुनारले अाफुले अनुदान लिनकाे लागि कुनै पनि निकायमा पहल नगरेकाे बताए । राज्यले अनुदान दिनु भन्दा पनि सहुलियत ब्याजमा ऋण उपलब्ध गराउने र उत्कृष्ट किसानलाइ सम्मान गर्ने बाताबरणको सृजना गर्नुपर्ने उनकाे फरक तर्क छ । उनले पञ्चपुरी ७ मा अाफ्नै करिव ३५ राेपनी जग्गामा टिमुर खेति समेत सुरु गरेका छन । टिमुरका बिरुवा लगाएकाे २ बर्षपछि उत्पादन सुरु हुने र निरन्तर अाम्दानी हुने उनकाे बिस्वास छ ।

प्रधानमन्त्री कृषि अाधुनिकिकरण परियाेजना सुर्खेतबाट अनुगमन गर्दै,,

कृषि र पशुपालन ब्यवसायलाई मुख्य पेशा बनाएर अगाडि बढ्ने साेच बनाएका सुनारले खुद्रा तथा मासु पसल, खाेर ब्यवस्थापन गरि उन्नत जातका बाेका पाल्ने र संगै प्लास्टिक टनेल बाट तरकारी समेत उत्पादन गरिरहेका छन । बेसार तथा टिमुर खेति गरेकाे जग्गामा हुने घाँस बाख्रालाई खुवाउने समेत गरेका छन । ४ जनाकाे परिवार रहेकाे उनकाे अहिले मासिक अाम्दानी ३० हजार भन्दा धेरै हुने गरेकाे छ ।

भारत तथा खाडी मुलुकमा पुगेका युवाहरुले पनि कृषि काम गरेकाे देख्दा अाफ्नै देश नेपालमा लगानी गरे फाईदा लिन सकिनेमा उनी बिस्वस्त छन । अहिले उनी संग सुमन कृषि तथा पशुपंक्षी फर्म, अायुस एग्रिकल्चर फर्मले सहकार्य गरेर काम गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close