शिक्षासमाचारसमाज

जनज्योतिमा प्रमुख समस्या शाैचालय, स्थानीय युवाहरुले अभियान चलाउने,

पञ्चपुरी नगरपालिका वडा नं १० जामु मा रहेकाे जनज्योती माद्यामिक बिद्यालयकाे शाैचालय निर्माणका लागि स्थानीय युवाहरु अाफै अग्रसर भएका छन । प्रवाशी दलित सेवा समाज का अध्यक्ष समेत रहेका स्थानीय पुरन बिकले प्रवाशमा रहेका समाजका सदस्य हरु संग सहयाेगकाे लागि अाग्रह गरेर रकम जुटाउने भएका छन ।

१ देखि ८ कक्षा सम्म स्थानीय बिद्यालय मा अध्ययन गरेका बि क ले अाफ्नाे समुदाय मै सेवा गर्ने याेजना बनाएका छन । यस अघि भवन निर्माणमा पनि उनले नगद सहयाेग गरेका छन । बिद्यालयमा छात्र छात्रा र शिक्षक शिक्षिका हरुकाे प्रयाेग गर्ने शाैचालय रहेकाे छ ।

पानीको अभाव र शाैचालय एउटामात्र भएको हुदा शाैचालय जान पनि पालाे पर्खनु पर्ने बाध्यता रहेकाे छ । कक्षा १० मा अध्ययनरत छात्रा रञ्जना ढकालले एउटै शाैचालय हुदा समस्या हुने गरेकाे बताउँछिन् । न त बिद्यालयमा पानि छ न त राम्रो शाैचालय छात्रा शुलभ शाैचालयकाे सपना मात्रै हाे उनले भनिन् ।

बिद्यालय सेनिटरी प्याड बितरण भयाे तर प्रयाेग गर्ने ठाउँ नै छैन उनले भनिन । यता पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्रबहादुर थापाले पनि शाैचालय निर्माणका लागि अाबश्यक सहयोग गर्ने समेत बताउनुभएको छ । जनज्योतिकाे ४ काेठे भवन उद्घाटन कार्यक्रममा थापाले साे कुरा बताउनुभएकाे हाे ।

त्यस्तै कर्णाली प्रदेशका स्वास्थ्य सामाजिक बिकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रत्येक स्थानीय तहमा एउटा बिद्यालय नमुनाकाे रुपमा बिकास गर्ने याेजना रहेकाे बताउनुभयो । बुढाक्षेत्रीले जनज्योति बिद्यालयलाई कर्णाली प्रदेशकाे तर्फबाट अाबश्यक सहयाेग गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ । जनज्योति माद्यामिक बिद्यालयमा ६ सय भन्दा बढि बिद्यार्थी अध्ययन गर्ने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close