समाज
[mashshare]
कर्णालीमा १ सय १४ जनामा काेराेना पुष्टि

कर्णालीमा कोरोना संक्रमितको संख्या तीन हजार नाघेको छ । बिहीबार २८ जना सुरक्षाकर्मीसहित एकसय १४ जनामा कोरोना पुष्टि भएपछि कर्णालीमा संक्रमितको कुल संख्या तीनहजार २४ पुगेको हो ।
प्रदेश अस्पताल/पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेखमा प्रयाेगशालामा गरिएकाे परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा सुरक्षाकर्मी, कर्मचारी, विद्यार्थी, शिक्षक, बैंकका कर्मचारीहरु पनि रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।
पछिल्लाे २४ घण्टामा संक्रमित हुनेमा सुर्खेतका ६४, दैलेखका १८, जाजरकोटका ६, कालिकोट चार, कैलाली, बाँके, डोल्पाका तीन, बर्दिया, कञ्चनपुर, अछाम दुई/दुई, सल्यान, हुम्ला, जुम्ला, रुकुमपश्चिम, पाल्पा, रोल्पा, सर्लाहीका एक/एक जना छन् ।