राजनीति

वामदेव गाैतमद्वारा शपथ ग्रहण

[mashshare]

राष्ट्रिय सभा सदस्यमा मनोनित सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट बिहीबार मनोनित हुनुभएका गौतमले पद तथा गोपनीयताको सपथ लिनुभएको हो । गाैतमलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो ।

सपथ ग्रहणपछि गौतमले राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठालाई ध्यानमा राखेर काम गर्ने बाहेक आफ्नो अरु कुनै लक्ष्य नरहेको बताउनुभयो । उहाँले राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने समेत बताउनुभयो । पार्टीले देशमा समाजवादको सङ्कल्प पूरा गरेको उल्लेख गर्दै उहाँले राष्ट्रिय सभामा आफूले त्यही भूमिका निर्वाह गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close