प्रदेशसमाज

डा. केसीमा श्वास–प्रश्वासको समस्या

[mashshare]

  अनसनरत् डाक्टर गोविन्द केसीको श्वास–प्रश्वास स्वासमा समस्या भएको छ । उनको अघिल्लो रातीदेखि छाती अत्यधिक दुख्नुको साथै स्वास फेर्न गाह्रो भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर अनुप मंगल समालले जानकारी दिए ।

अनसनका छैठौं (शनिबार) डा. केसीमा कमजोरी, चक्कर लाग्ने, मांसपेसी बाउडिने र मुटुको चाल शुक्रबारभन्दा बढी गडबडी भएको डा. समालले जनाए ।

उनका अनुसार पिसाबको मात्रा कमी भएको छ भने प्रेसर क्रमिक रुपमा कम भैरहेको छ । डा. केसीको पिसाबको मात्रा मध्यरातदेखि दुई सय मिलिलिटरबाट कम हुँदै आएको छ ।

डा. केसीको दिनमा तीन पटक सामान्य स्वास्थ्य जाँच गरी अस्पताल जान परामर्श प्रदान गरेपनि अस्वीकार गरेको त्यहाँस्थित डाक्टहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close