समाचारसमाज

बुद्ध एयरले सुर्खेत-काठमाडौं उडान गर्ने

[mashshare]

झण्डै ६ महिनापछि सरकारले असोज १ गतेबाट सार्वजनिक सवारी, हवाई उडान र होटल रेष्ट्ररेन्ट खुला गर्ने निर्णय गरेको थियो ।

तर हवाई उडान असोज ५ गते सोमबारदेखि आन्तरिक उडान सञ्चालनमा आउने भएका छन् । सोमबारदेखि हवाई उडान सञ्चालन आएसँगै बुद्ध एयर काठमाडौं–सुर्खेत उडान पनि नियमित हुने बुद्ध एयर प्रा.लि. सुर्खेतका ईन्चार्ज नरबहादुर बस्नेतले जानकारी दिए ।

पहिल्यको समय तालिका बुद्धले उडान गर्ने जनाएका बस्नेतले मौसम प्रतिकुलका कारण मात्रै उडान तालिका तलमाथि हुन सक्ने बताए । कोरोना महामारीबाट बच्न आवश्यक सावधानीहरु सुर्खेत नागरिक उड्डयन कार्यालयले गरिसकेको बस्नेतले जनाए ।

विमान कम्पनीकोतर्फबाट पनि यात्रुहरुलाई आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड सिकाइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close