शिक्षासमाचार

६ महिनादेखि बन्द रहेका पञ्चपुरीका विद्यालय असोज १५ बाट संचालन हुदै

[mashshare]

सुर्खेतको पञ्चपुरी नगरपालिकामा रहेका निजि तथा सामुदायिक बिद्यालयहरु असोज १५ गते देखि सञ्चालनमा आउने भएका छन् । कोरोना भाईरसको संक्रमण रोकथामका लागि झण्डै ६ महिनादेखि बन्द रहेका विद्यालय सञ्चालन गरिने भएको हो । नगरपालिका अन्तरगतका कोभिड– १९ ले बन्द रहेका विद्यालय संचालन ल्याउनको लागि समुदायले बैठक बसि छलफल तथा निर्णय समेत गरेका छन ।
विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार वैकल्पिक शिक्षा प्रणाली अपनाई विद्यालय सञ्चालनमा ल्याउन तयारी गरिएको शिक्षा शाखा प्रमुख तुलसी केसीले जानकारी दिनुभएको छ । केसिले बिद्यालयमा बिद्यार्थीको चाप कम भएको ठाउमा नियमित पठनपाठन र बढि चाप भएको ठाउमा जोर बिजोर रोल नम्बर अनुसार बिद्यालय संचालन गरिने बताउनुभयो । बिद्यालय संचालन भएपछि अबस्था अनुसार बिद्यार्थी तथा शिक्षकको पिसीआर परिक्षण गरिने समेत भएको छ ।


सबै विद्यालयलाई कार्ययोजना पेश गर्न निर्देशन दिएको र कार्ययोजना पेश भएपछि विद्यालय सञ्चालन का लागि कार्यापालिका बैठकले निर्णय समेत गरेको छ । सुरुमा बिद्यार्थी लाइ बिद्यालय आउने बातावरणको सृजन गर्ने र कोरोना को अबस्थालाइ मध्यनजर गर्दै आवश्यक निर्णय गरिने नगरशिक्षा शाखाले जनाएको छ ।वैकल्पिक शिक्षा प्रणाली अपनाई आवश्यक विधि, विद्यालय तथा विद्यार्थीको वर्गीकरण, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवाला निकायसँग छलफल, अन्तरक्रिया गरी सुरक्षाका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालन गरिने नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाले बताउनुभएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close