समाचार

कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना संक्रमण

[mashshare]

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाइ पनि कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश प्रमुखको कार्यालय वीरेन्द्रनगर, सुर्खेतमा कार्यरत केही कर्मचारीहरूमा कोभिड-१९ को लक्षण देखीएकोमा परीक्षण गर्दा सङ्क्रमण पुष्टि भए पश्चात कन्ट्याक्ट ट्रेसिङ अनुरुप पि.सि.आर. परीक्षण गर्दा  प्रदेश प्रमुख कलौनीलाई  कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको प्रदेश प्रमुखको कार्यालयको निजि सचिवालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ।
हाल स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँ होम आइसोलेसनमा बस्नुभएको निजि सचिवालयले जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close