नेपाली काङ्ग्रेसको बेतानमा कार्यकर्ता भेला सम्पन्न

नेपाली काङ्ग्रेस चाैकुने गाउपालिका अन्तरगत वडा नं ३ मा कार्यकर्ता भेटघाट तथा भेला बेतान मा सम्पन्न भएको छ । बेतानकाे सिमलगैरा मा भएको कार्यक्रम मा नेपाली काङ्ग्रेस का नेता तथा कार्यकर्ता काे सहभागीता रहेकाे थियोे । भेलालाई सम्बाेधन गर्दै पुर्ब सुचना तथा संचार राज्यमन्त्री तप्तबहादुर बिष्टले सबै वडा स्तरका कार्यकर्ता सक्रियता का साथ लागेर काङ्ग्रेस बलियो बनाउन अाग्रह गर्नुभएको छ । साथै उहाले नेपाली काङ्ग्रेस ले गरेका बिकास लाई जनताको बिच जानकारी दिन अाबश्यक रहेकाे समेत बताउनुभयाे ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला कार्यसमिति सचिव टाेपबहादुर रावत, क्षेत्रीय सभापति लालबिर भण्डारी, प्रदेश सभापति कृपाराम थापा, यातायात तथा समन्वय बिभागका केन्द्रीय सदस्य ईन्द्रबहादुर रावल, मुक्ति रेग्मी, मायाराम जैशी, नर बहादुर बान्ताेला, रामबहादुर बिष्ट, नगेन्द्र शाहि, दिपक रावत, मदन रिमाल लगाएतका नेता तथा कार्यकर्ता काे सहभागीता रहेकाे थियोे ।