समाचारसमाज

बाबियाचाैरमा सिचाइ काे पालाे मिच्नेलाई कार्वाही गरिने

[mashshare]

समैचे भ्यागुते सिचाइ संस्था पञ्चपुरी ५ काे बैठक अाज बाबियाचाैरमा सम्पन्न भएको छ । ईन्द्रबहादुर रावलकाे अध्यक्षतामा बसेकाे बैठकले सिचाई लाई थप ब्यवस्थित गर्न विभिन्न निर्णय समेत गरेकाे छ ।

बैठकले गरेका निर्णय हरु

१. अा.ब.०७७/०७८ मा बिनियाेजित रकम वाट समैचे भ्यागुते सिचाइ संस्था काे बाध तथा अाउटलेट गेटवल तयार गर्ने ।

२. अा.ब.०७७/०७८ मा बिनियाेजित रकम बचत बाट जनसंख्या लाई मध्यनजर गर्दै शाखा नहर निर्माण गर्ने ।

३. समैचे भ्यागुते सिचाइ संस्थालाई बिनियाेजित रकम ३०,००,०००/- सम्झाैताका लागि नगरपालिका मा अनुराेध गर्ने ।

४. संस्था काे राेलपालाे बिथाेल्ने जाे काेहि उपभोक्तालाई पहिलाेपटक रु ५००/- दाेस्राेपटक रु १०००/- र तेस्रोपटक रु १५००/- जरिवाना तिराउने ।

५. सिचाइ संस्था काे नहर विभिन्न ठाउमा मनाेमानी तरीकाले भत्काउने गरेकाेले जुन ब्यक्तिले भत्काएकाे साेहि ब्यक्तिले निर्माण गर्नुपर्ने ।

करिव ८ सय भन्दा बढि घरधुरी काे जमिनमा सिचाई सुबिधा दिएकाे संस्थाले सिचाइ लाई थप प्रभाबकारी बनाउन काम सुरु गर्ने अध्यक्ष ईन्द्रबहादुर रावलले जानकारी दिनुभयाे । सिचाई बाट बाबियाचाैरका वडा नं ५ र ६ का कृषकहरुले सुबिधा लिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close