राजनीति

राप्रपा सुर्खेतको अध्यक्षमा खड्का

[mashshare]

राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतको एकतापछि भएको समायोजन कार्यक्रमले मानबहादुर खड्काको अध्यक्षतामा १२० सदस्यीय जिल्ला कार्यसमिति गठन गरेकाे छ ।

पार्टीका केन्द्रीय सदस्य एवम् पुर्व जिविस सभापति बसन्त थापाको अध्यक्षतामा भएको समायोजन कार्यक्रमले खड्कालाइ अध्यक्षमा चयन गरेकाे हाे । पार्टीकाे जिल्ला कार्यसमितिकाे सह-अध्यक्षमा भने कर्णबहादुर रेगामीलाई चयन गरेकाे छ ।

जिल्ला कार्य समितिको उपाध्यक्षमा इश्वर श्रेष्ठ, गंगाराम देउवा, राधिका थापा, अमृत राना, टोप बहादुर वली, छत्रपति थापा, अम्मरबहादुर कार्की, मानबहादुर सिँजाली, श्याम पुरी, धर्मराज बिसीलाई चयन गरेको छ ।

सचिव पदमा भने जनकसिंह ठकुरी र रुद्रबहादुर चन्द, सह-सचिवमा कमल देव जिसी, चाँदनी वली, कोषाध्यक्षमा पार्वती गौतम, मातृका भुसाल चयन भएका छन् ।  प्रवक्ताकाे जिम्मेवारी भने सूर्यबहादुर शाही र शिवराज जैशी तथा सञ्चार प्रतिनिधिमा हेमन्त थापा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close