समाचारसमाज

देउराली सामुदायिक बनद्वारा रेडियोलाई कम्प्युटर सहयोग

[mashshare]

बाबियाचाैरमा रहेकाे देउराली सामुदायिक बन उपभोक्ता समितिले कम्प्युटर सहयाेग गरेकाे छ । पश्चिम सुर्खेतमा संचारकाे एकमात्र माध्यम रेडियो डाडादरा एफएम लाई अाज सहयोग प्रदान भएको छ । देउराली सामुदायिक बन उपभोक्ता समिति का अध्यक्ष इन्द्रबहादुर रावल लगाएत समिति का पदाधिकारीहरुले रेडियो का अध्यक्ष रामबहादुर बिष्ट लाई कम्प्युटर हस्तान्तरण गर्नुभएको हाे ।

सुचनाकाे पहुचमा अाम नागरिकलाई पुर्‍याउन र सानाे सहयोग ले पनि संस्था काे हित हुने भएको हुदा सहयोग गरिएको अध्यक्ष रावलले बताउनुभयाे । साथै उहाले सामुदायिक बनकाे अाम्दानिबाट सामाजिक क्षेत्रमा पनि काम गर्ने उद्देश्य अनुसार यसपटक रेडियो लाई सहयोग गरिएकाे बताउनुभयो ।

कम्प्युटर सहयोग बुझ्दै रेडियो का अध्यक्ष बिष्टले संस्था ले गरेको सहयोगकाे रेडियोले उच्च मुल्यांकन तथा कदर गर्ने बताउनुभएको छ । रेडियो काे कार्यसमितिकाे बैठकबाट सामुदायिक बन उपभोक्ता समितिलाइ धन्यवाद समेत दिईएकाे छ । पञ्चपुरी ६ मा रहेको देउरालि सामुदायिक बनले बिगतमा पनि खेलकुद, काेराेना काे राहतकाेष लगाएत समस्या प्रभावित ठाउँ र ब्यक्तिलाई सहयोग गर्दै अाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close