प्रदेशसमाचारसमाज

चाडपर्व लक्षित गरी पञ्चपुरीमा संयुक्त बजार अनुगमन

[mashshare]

सुर्खेतमा चाडपर्वलाई लक्षित गरी बजार अनुगमन कार्यलाई तीव्रता दिइएको छ । चाडपर्व नजिकिंदै गर्दा खाद्यान्नको मूल्य बढाउने र कृत्रिम अभाव देखाउने भएकाले जिल्लाका सबै व्यापारीक केन्द्रका बजारहरुमा जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई तीव्रता दिएको हो ।
शनिबार बाबियाचौर र पलैटे बजारका खाद्यान्न पसलको अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेत, ईलाका प्रशासन कार्यालय बावियाचौर, ईलाका प्रहरी कार्यालय बाबियाचौर, पञ्चपुरी नगरपालिका, बजार ब्यवस्थापन समिति लागाएतको टोली ले संयुक्त अनुगमन गरेको छ । बजार अनुगमन का क्रममा म्याद नाघेका चिउरा, दालमोठ, चियापत्ती, चामल, सावुन, लगाएतका खाद्यान्न जफत गरिएको छ ।


अनुगमनमा पसलमा मूल्य शुचि नराखेको, नगरपालिका मा पसल दर्ता नगरेको समेत पाईएको छ । दशै तिहारमा बिशेष गरि कालो बजारी हुने, अखाद्य बस्तु बढि बिक्री हुने भएको हुदा नियामित अनुगमन गरिने नगरपालिकाले जनाएको छ ।


यता जिल्ला प्रशासन कार्यालय सुर्खेतले नागरिकको मागअनुसार जिल्लामा चाडबाडको समयमा कालोबजारी र मूल्य वृद्धि नहोस् भन्ने उद्देश्यले बजार अनुगमन गरी सुशासन ल्याउनका लागि अनुगमनलाई तीव्रता दिइने जनाएको छ । कार्यालयले कोभिड–१९, को मौका छोपेर बजारमा गुणस्तरहीन औषधि विक्री वितरण गर्ने, तोकेको भन्दा बढी मूल्य लिने, प्रतिबन्धित औषधि विक्री वितरण गर्ने, अरुको नाममा मेडिकल पसल चलाउने, दर्ता विना औषधि पसल सञ्चालन गर्ने पसललाई कारवाहीको दायरामा ल्याइने समेत बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close