समाचारसमाज

पञ्चपुरीकाे प्रमुख प्रशासकीय अधिकृत काे जिम्मेवारीमा “बुढा”

[mashshare]

सुर्खेत पश्चिम काे पञ्चपुरी नगरपालिका काे प्रमुख प्रशासकिय अधिकृत काे जिम्मेवारी माेहन बहादुर बुढालाइ दिइएको छ । प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद देबकाेटा काे सरुवा भएपछि खालि रहेकाे नगरपालिका मा प्रमुख प्रशासकिय अधिकृतकाे रुपमा बुढालाई निमित्त ताेकिएकाे हाे । असाेज २२ गतेकाे सामान्य प्रशासन मन्त्रालयलयकाे निर्णय अनुसार जिम्मेवारी ताेकिएकाे हाे । २०६९ सालबाट निजामती सेवा प्रबेश गर्नुभएकाे बुढाले दैलेख जिल्ला अदालत बाट सेवा सुरु गर्नुभएकाे हाे । विभिन्न समय दैलेख र कालिकाेट जिल्ला अदालत मा सेवा गरे संगै उहाले बराहताल गाउपालिका काे लेखा अधिकृतकाे रुपमा जिम्मेवारी सम्हाल्नु भएको थियोे ।

२०७५ चैत देखि पञ्चपुरी नगरपालिका काे लेखा अधिकृतकाे रुपमा रहनुभएका बुढाले नगरपालिका काे पुरानाे बेरुजु रकम फर्च्छ्याैट, लेखा प्रणालीलाई सजिलाे र अाम नागरिकलाई सजिलोसँग समयमै जानकारी दिने गरि ब्यबस्थापन गर्नुभएको छ । जिम्मेवारी सम्हालेपछि बुढाले पहिलो काम घर जग्गा नक्सा पासलाई तुरुन्तै लागू गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।त्यसैगरी नगरको आन्तरिक श्रोतलाई बृद्दि गर्न पहल गर्ने, असारे बिकास लाई रोक्न जेष्ठ मसान्त भन्दा अगाडि नै सबै योजनाहरूको भुक्तानि गर्ने गरि काम अघि बढाउने बताउनुभयो । कर्मचारीहरूको पेशालाई सम्मानित र मर्यादित बनाई जनता र कर्मचारी प्रतिको नकरात्मक धारणालाई परिवर्तन गर्दै जनता र कर्मचारी को सम्बन्धलाई सुधार गर्ने र नगरपालिका र वडामा हेल्प डेस्क स्थापना गरिने समेत जनाउनुभएकाे छ ।

त्यसैगरी जानकारीको अभाबमा दुख पाएका सेवाग्राहिलाई पहिचान गरि सम्बन्धतित ठाउमा पठाउने छ र सेवाग्राहिलाई जानकारी र सूचना दिने, न्यायिक समितिलाई प्रशासनिक र न्यायिक रुपमा गति दिने गरि उप प्रमुख संग समन्वय गरि काम अगाडि बढाउने, न्यायिक समितिलाई न्यायिक प्रशासनिक बिषयमा सरसल्लाह दिई न्याय दिलाउन प्रशासनिक सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनुभएकाे छ । नगरपालिका मा लामाे समयदेखि राेकिएका काम हरु जिम्मेवारी ताेकिए संगै सुरु हुने भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close