प्रदेश

मोहन्याल खानेपानी तथा सरसफाइ समितीको तदर्थ समिती गठन

[mashshare]

 कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ आमफाटामा मोहन्याल खानेपानी तथा सरसफाइ समितीको तदर्थ समिती गठन भएको छ । वडा नं. ८ का वडा अध्यक्ष भिम बहादुर बोगटिको अध्यक्षता भएको भेलाले सिद्ध राज आचार्यको अध्यक्षता ९ सदस्यीय तदर्थ समिती सर्वसहमत चयन गरेको हो ।

जस्को उपाध्यक्षमा मान बहादुर बिष्ट, सचिव महेश बडुवाल ,कोषध्यक्ष श्याम कुमारी बोहरा, सह–सचिव अप्सरा सुनार लगाएतका रहेका छन । त्यस्तै पधाधिकारी हरुको पहिलो बैठकद्वारा ४ सदस्य मनोनीत गर्ने सचीव महेश बडुवालले बताउनुभयो ।

कमलराज चौधरीको संयोजक्त्व सल्लाहकार समिती गठन गरिएको छ जस्को सदस्य हरुमा रण बहादुर बडुवाल, प्रेमलाल चौधरी, वीर बहादुर साउद, खकेन्द्र ठकुल्ला, मनराज उपाध्याय, र राम दुलारी तिवारी रहेका छ्न ।

यस्तै शिव प्रशाद ढकालको संयोजक्त्वमा ३ सदस्यीय बिधान मस्यौदा समितीको सदस्यमा भक्तिराम कंडेल र वीर बहादुर गाहा रहेका छ्न ।suduronlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close