
बिद्यालय संचालन भए पछि गरिएको पिसिअार परिक्षण बाट पञ्चपुरी मा १४ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । असाेज १५ गतेदेखी पञ्चपुरीका बिद्यालय संचालन भएपछि काेराेना परिक्षण गरिएको थियाे । २ हप्ता संचालन भएका बिद्यालय काेराेना संक्रमण बढ्न थालेपछि धमाधम बन्द हुन थालेका छन । पञ्चपुरीमा स्थानीय ब्यापारी देखि जनप्रतिनिधि सम्मलाई काेराेना संक्रमण पुष्टि भएको छ । नगरपालिका ले ब्यापारी, शिक्षक लगाएत सम्पर्कमा अाउने केही ब्यक्तिलाई नमुना परिक्षण गरेकाे हाे ।
परिक्षणमा सुर्यप्रकाश मा बि पलैटे, प्राथमिक बिद्यालय जंगला, बिद्याज्याेती मा बि बाबियाचाैर, प्राथमिक बिद्यालय ताेक्मा, नेपाल राष्ट्रिय अाधारभुत बिद्यालय माझिगाउ,जनता माद्यामिक बिद्यालय बिद्यापुर, शिद्देश्वरी माद्यामिक बिद्यालय दह सान्ने, जनजागृत अाधारभुत बिद्यालय दुलालथाई काे शिक्षकमा काेराेना संक्रमण पुष्टि भएको हाे । त्यसैगरी प्राथमिक बिद्यालय कालावन, बाबियाचाैर बजारका ब्यापारी, पञ्चपुरी वडा नं ३ का जनप्रतिनिधिमा समेत काेराेना संक्रमण देखिएकाे छ ।
स्थानीय ब्यक्ति, ब्यापारी, जनप्रतिनिधि देखि शिक्षक सम्म काेराेना संक्रमण पुष्टि भएपछि शिक्षक सहकर्मी अभिभावक देखि सबैमा शंका उब्जिएको छ भने संक्रमित बिद्यालयका शिक्षकहरुले अन्य शिक्षककाे पिसिअार परिक्षण गरिदिन समेत अाग्रह गरेका छन । यता पञ्चपुरी नगरपालिका का निमित्त प्रमुख प्रशासकिय अधिकृत माेहन बहादुर बुढाले संचालन भएका बिद्यालय अर्काे सुचना नहुदा सम्म बन्द गर्ने र स्थानीय ब्यापारी संग छलफल गर्ने बताउनुभएको छ ।