
पञ्चपुरीमा पछिल्लो चरमा थप ४ जनामा कोरोना पुष्टि भएको छ । बिद्यालय संचालन भए पछि गरिएको पिसिआर परिक्षण बाट मा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । असोज १५ गतेदेखी पञ्चपुरीका बिद्यालय संचालन भएपछि कोरोना परिक्षण गरिएको थियो । २ हप्ता संचालन भएका बिद्यालय कोरोना संक्रमण बढ्न थालेपछि नगरशिक्षाले बिद्यालय बन्द गर्ने निर्णय गरेको छ । पञ्चपुरीमा स्थानीय ब्यापारी देखि जनप्रतिनिधि सम्मलाई कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिका ले ब्यापारी, शिक्षक लगाएत सम्पर्कमा आउने केही ब्यक्तिलाई नमुना परिक्षण गरेको हो ।
परिक्षणमा सुर्यप्रकाश मा बि पलैटे, नेपाल राष्टिय प्राथमिक बिद्यालय जंगला, बिद्याज्योती मा बि बाबियाचौर, प्राथमिक बिद्यालय तोक्मा, नेपाल राष्ट्रिय आधारभुत बिद्यालय माझिगाउ, जनता माद्यामिक बिद्यालय बिद्यापुर, शिद्देश्वरी माद्यामिक बिद्यालय दह सान्ने, जनजागृत आधारभुत बिद्यालय दुलालथाई को शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी आधारभुत बिद्यालय धनबोट, प्राथमिक बिद्यालय कालावन, आधारभुत बिद्यालय लेखकोट, बाबियाचौर बजारका ब्यापारी, पञ्चपुरी वडा नं ३ का जनप्रतिनिधिमा समेत कोरोना संक्रमण देखिएको छ ।
स्थानीय ब्यक्ति, ब्यापारी, जनप्रतिनिधि देखि शिक्षक सम्म कोरोना संक्रमण पुष्टि भएपछि शिक्षक सहकर्मी अभिभावक देखि सबैमा शंका उब्जिएको छ भने संक्रमित बिद्यालयका शिक्षकहरुले अन्य शिक्षकको पिसिआर परिक्षण गरिदिन समेत आग्रह गरेका छन । यता पञ्चपुरी नगरपालिका का निमित्त प्रमुख प्रशासकिय अधिकृत मोहन बहादुर बुढाले संचालन भएका बिद्यालय अर्काे सुचना नहुदा सम्म बन्द गर्ने र स्थानीय ब्यापारी संग छलफल गर्ने बताउनुभएको छ ।