
पञ्चपुरी मा पछिल्लो चरणमा थप ८ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । नगरपालिका ले नमुना परिक्षण गरिएका बिद्यालय मध्य तातापानी का शिक्षक र स्वास्थ्यकर्मीमा समेत काेराेना संक्रमण पुष्टि भएको छ । सरस्वती प्राथमिक बिद्यालय, जनसृजना माध्यमिक बिद्यालय,अाधारभुत बिद्यालय ताउलेका शिक्षक, सर्वसाधारण र स्वास्थ्य चाैकि तातापानिका ३ जना स्वास्थ्यकर्मी सहित ८ जना नया संक्रमित थपिएका छन । नया संक्रमित थपिए संगै पञ्चपुरीमा काेराेना संक्रमितकाे संख्या २६ पुगेकाे छ । स्वास्थ्य चाैकि तातापानिमा ३ जना संक्रमित देखिए संगै स्वास्थ्यचाैकि सिल गरिएकाे स्वास्थ्य शाखा प्रमुख गंगादेब पुरीले जानकारी दिनुभयो ।
यस अघि पञ्चपुरीमा स्थानीय ब्यापारी देखि जनप्रतिनिधि सम्मलाई कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिका ले ब्यापारी, शिक्षक लगाएत सम्पर्कमा आउने केही ब्यक्तिलाई नमुना परिक्षण गरेको हो । परिक्षणमा सुर्यप्रकाश मा बि पलैटे, नेपाल राष्टिय प्राथमिक बिद्यालय जंगला, बिद्याज्योती मा बि बाबियाचौर, प्राथमिक बिद्यालय तोक्मा, नेपाल राष्ट्रिय आधारभुत बिद्यालय माझिगाउ, जनता माद्यामिक बिद्यालय बिद्यापुर, शिद्देश्वरी माद्यामिक बिद्यालय दह सान्ने, जनजागृत आधारभुत बिद्यालय दुलालथाई को शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी आधारभुत बिद्यालय धनबोट, प्राथमिक बिद्यालय कालावन, आधारभुत बिद्यालय लेखकोट, बाबियाचौर बजारका ब्यापारी, पञ्चपुरी वडा नं ३ का जनप्रतिनिधिमा समेत कोरोना संक्रमण देखिएको छ ।