खेलकुद

सिङ्गारीताल युवा क्लवलाइ पछि पार्दै नार्सि फुटबल क्लब बिजयी

[mashshare]

मुरमुरी युवा क्लव पञ्चपुरी ५ को आयोजनामा भएको खुला खसिबाजी फुटबल प्रतियोगिता मुरमुरीमा सम्पन्न भएको छ । असोज २५ गतेदेखि सुरु भएको फुटबल प्रतियोगितामा बराहताल, पञ्चपुरी, चौकुने गाउपालिका बाट गरि २१ ओटा टिमको सहभागीता रहेको थियोे ।
४ दिन सम्म संचालन भएको खेलको फाइनलमा सिङ्गारीताल युवा क्लव चौकुने ९ र नार्सि फुटबल क्लब पञ्चपुरी १० बिच प्रतिस्पर्धा भएको थियोे । खेलको पहिलो हाफमा नार्सि फुटबल क्लवका महेन्द्र देवकोटाले १ गोल गर्दै खेललाई अग्रता दिलाएका हुन भने खेलको दोस्रो हाफमा सिङ्गारीताल युवा क्लव का झंकर बिसिले १ गोल गर्दै खेल बराबरीमा ल्याएका हुन । बराबरीमा रहेको खेलको ट्राइबेकरमा नार्सि फुटबल क्लवले २ का बिरुद्ध ४ गोल गर्दै बिजयी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close