शिक्षा

ध्यानाकर्षण–पत्र बुझाउन पुगेका विद्यार्थी प्रहरी नियन्त्रणमा

[mashshare]

 विद्यार्थीका मागसँग सम्बन्धित ध्यानाकर्ष पत्र बुझाउन पुगेका विद्यार्थी प्रहरी नियन्त्रणमा लिइएको छ । मध्पश्चिमाञ्चल विश्वविद्यालय (एमयू)का उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहलाई नेपाल विद्यार्थी संघ मप विश्वविद्यालयका विद्यार्थीे ध्यानाकर्षण बुझाउन पुगेका हुन् ।
उनिहरुले उपकुलपतिमाथी अभद्र व्यवहार गरेको आराेपमा प्रहरीले नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ । नेविसंघ मप विश्वविद्यालय संयोजक एंवम् केन्द्रिय सदस्य अनिलबहादुर शाहीसहित ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले जानकारी दिए ।

नेविसंघ मपविविले उपकुलपति समक्ष लकडाउन अवधिभरको सम्पूर्ण शुल्क मिनाह गरीयोस् र आंशिक क्याम्पस र स्कुलहरुले असूल गरेको शुल्क फिर्ता गर्नुपर्ने ध्यानाकर्षण पत्रमार्फत माग राखेका छन् । साथै दोहोरो रुपमा परीक्षा शुल्क असूल गरेको विषयमा छानविन गर्न समेत माग गरिएको छ ।
यस्तै पत्रमा उल्लेख भएका माग अनुसार इन्जिनियरिङ संकाय अन्र्तगत हाइड्रोपावर विषय नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता नगरि संचालन गरिएकोमा हाल विद्यार्थी बाहिरिदा समेत यसको कुनै प्रक्रिया अगाडि नबढेको र विद्यार्थीको भविष्य अन्यौलमा रहेकोले तत्काल काउन्सिलमा दर्ता गर्न माग गरिएको छ ।dullu khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close