Uncategorized

नेकपा पञ्चपुरीकाे भवन शिलान्यास तत्काल नहुने

[mashshare]

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पञ्चपुरी नगर कमिटीकाे निर्माण हुनलागेको पुष्पलाल स्मृति भवनकाे शिलान्यास राेकिएकाे छ । पञ्चपुरी नगरपालिका ५ मा नेकपा ले कार्तिक १ गते शिलान्यास गर्ने भनिएकाे भवनकाे काम काेराेना महामारीको कारण स्थगित भएको छ । नेकपा पञ्चपुरीकाे अाज बसेकाे पुर्ण बैठकले सम्पूर्ण वडा तहका कार्यक्रम हरु स्थगित गरेकाे छ । बैठकले वडा तथा टाेल स्तरमा हुने भनिएका कार्यक्रम नगर्न पार्टीका कार्यकर्तालाई निर्देशन समेत दिएकाे छ ।

अध्यक्ष मनहादुर कामी र सचिब केशव शाही द्वारा हस्ताक्षरित बिज्ञप्तिमा काेराेना संक्रमण भई अाईसाेलेसनमा बसेका नागरिक हरुलाई स्वास्थ्य लाभकाे कामना समेत गरिएको छ । बैठकले काेराेना जाेखिम रहेका बेला पञ्चपुरीका नागरिक हरुलाई ब्यक्तिगत सावधानी अपनाउन र स्वास्थ्य मापदण्ड पालना गर्न पनि सबैलाई अाग्रह गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close