Uncategorized

पञ्चपुरीमा सुपथ मूल्य पसल संचालन

[mashshare]

हाम्रो कृषि तथा पशुपालन सहकारी संस्था लि. पञ्चपुरी ५ ले सुपथ मूल्य पसल संचालन मा ल्याएकाे छ । कृषकहरुलाई मल बीउ समयमै उपलब्ध नहुने गरेकाे र महङ्गो मा मल बीउ किन्नु पर्ने बाध्यता हटाउन पसल संचालनमा ल्याएकाे छ । तरकारी खेतिबाट सुरुवात गरेकाे सहकारीले अहिले भैसिपालन सुपथ मूल्य पसल र भबिष्यमा डेरी संचालन गर्ने समेत याेजना बनाएकाे छ । उद्घाटन कार्यक्रममा संस्था का सल्लाहकार बिरवहादुर सलामी ले पशुपालनकाे क्षेत्रमा समूह बनाई काम गर्न सकेमा थप प्रभावकारी हुने सुझाव सहित प्रगतिकाे शुभकामना समेत दिनुभएको छ । त्यस्तै वडा नं ५ का अध्यक्ष हाेमबहादुर रामजालीले सहकारी काे सफलताको शुभकामना दिदै उद्देश्य अनुसार सहकारी अगाडि बढेमा कृषि क्षेत्रमा भबिष्य राम्रो रहेकाे बताउनुभयो ।

त्यसैगरी पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले सहकारी मा रहेका कार्यसमिति तथा सल्लाहकार समिति हरु दक्ष तथा अनुभवी भएको हुदा सहकारीले प्रगति गर्ने बिश्वास ब्यक्त गर्नुभयो । साथै उहाले नगरपालिका ले समान प्रकृतिका सहकारी र काराेवार नगरेका सहकारीलाई गाभ्ने समेत बताउनुभयाे । थापाले सबैलाई शेयर बितरण गरि प्रत्येक कृषकलाई सहकारी मा अाबद्ध गराइ प्रत्येक वडामा कार्य बिस्तार गर्न अाग्रह गर्नुभएको छ । पञ्चपुरीकाे फरक ठाउमा फरक किसिमको कृषि उत्पादन हुने भएको हुदा ठाउँ अनुसार उत्पादन हुने कृषिमा जाेड दिनुभयाे । पञ्चपुरी काे वडा ५,१० र ११ का क्षेत्रमा बदाम, तरबुजा खेतिकाे सम्भावना भएको र वडा नं १,७, ८ र ९ का केहि ठाउमा पशुपालन, जडिबुटी काे सम्भावना रहेकाे र सहकारीलाई साेहि अनुसार काम गर्न निर्देशन समेत दिनुभएको छ । साथै अागामि दिनमा नगरपालिका काे तर्फबाट अाबश्यक सहयोग गर्न तयार रहेकाे समेत प्रतिबद्धता जनाउनुभएकाे छ ।

सहकारी का अध्यक्ष भुपेन्द्र सिजापतिले अहिले कृषकका लागि मल काे ब्यवस्थापन गरिएको र सबै काे मागलाई मध्यनजर गर्दै खाद्यान्न पसल पनि संचालन गरिने बताउनुभयाे । साथै उहाले कृषकहरुकाे अायस्तर बढाउने भनेकाे सहकारी नै भएको हुदा यस बिषयमा सबैकाे सहकार्य अावश्यक रहेकाे बताउनुभएको छ । सहकारी अगाडि बढ्न स्थानीय सरकारकाे भुमिका पनि महत्त्वपूर्ण हुने भएको हुदा सहकारीले गरेकाे कामकाे अनुगमन समेत गरि अाबश्यक सुझाव दिन अाग्रह गर्नुभएकाे छ । सिजापतिले वडा नं ७ का लागि विभिन्न कार्यक्रम प्रदेश र केन्द्र सरकार संग पनि माग गरिएको हुदा स्थानीय सरकारकाे समन्वयको भुमिका अाश्यक रहेकाे अाैल्याउनु भयाे । पञ्चपुरी नगरपालिका भित्र तरकारी खेतिका लागि २ सय १० अाेटा टनेल भएको र तरकारी उत्पादनका लागि कृषक संग प्रबिधि र ज्ञान काे अभावले प्रगति गर्न नसकेको देखिएकाे हुदा ती कृषकलाई पनि सहकारी मा जाेड्ने बताउनुभएको छ । सहकारीमा अहिले ४ सय ५० भन्दा बढि शेयर सदस्य अाबद्ध रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close