जीवनशैलीविचार

“अात्मबिश्वास बलियाे बनाएर काेराेना जितें”

[mashshare]
  • तीर्थराज भण्डारी
  • पञ्चपुरी ६, बाबियाचौर, सुर्खेत ।

चीनबाट सुरुवात भएको विश्व हल्लाउने माहामारी कोरोना नेपाललाई पनि अछुतो छोडेन । यसबाट जोगिन २०७६ चैत्र ११ गते देखि नेपालमा लगडाउन गरीयो । नेपालले यसलाई नियन्त्रण गर्न त सकेन वरु दैनिक जीवनलाई कस्टकर आइरयो । दैनिक जीवनलाई सहज बनाउनका लागि नेपाल सरकारले भदौ ८ गते देखि खुकुलो बनायो । अन्य संघ सस्था खुले पनि विद्यालयहरु खुल्न सहेका थिएनन । स्थानीय सरकारलाइ दिइएको अधिकारका आधारमा असोज १५ गते देखि पञ्चपुरीका विद्यालयहरु पठन पाठन संचालन गर्ने निर्णय भयो । सोही बमोजिम हाम्रो विद्यालय पनि संचालन भयो ।
विद्यालय संचालन पूर्व यसबाट वच्न धेरै सावधानी अपनाइयो । आफ्ना घर छरछिमेकी, इस्टमित्रबाट सामाजिक रुपमा टाढै बसियो । सावधानीका उपायहरु केही पनि कमि गरीएन । सामाजिक दुरी कायम, मास्क, सेनिटाइजरको प्रयोग, सावुन पानीले हात धुने । तैपनि कोरोना आफ्नै घरभित्र छिरेको पत्तो भएन । असोज २० गते नगरपालिको पहलमा नमुना परीक्षण गरीयो जसमा मेरो पिसिआर रिपोट पोजेटिभ आयो ।
कोरोना पोजेटिभ देखिनु अगाडी यो रोगबाट टाढै हुनुपर्दछ भन्ने कुरा प्रत्येक पलमा लागिरहन्थ्यो । डर त्रास त छदैथियो । नगरशिक्षाबाट फोन आयो भोलि नमुना परीक्षण हुँदैछ हजुरको विद्यालयबाट चार जनाको नाम टिपाउनुस । सकेसम्म चहलपहल गर्ने र बाहिरबाट आएका शिक्षकहरुलाई प्रथमिकता दिनुहोला भनिएको थियो । यतिधेरै शिक्षक भएको ठाँउमा चार जनामात्र त थारै भयो भने पछि विद्यालयबाट सात जनाको नमुना परीक्षण भयो । अन्य स्टाफमा रुघाखोकी, ज्वरो को संकेत पनि थियो । स्टाफमा कुरा हुन्थ्यो रुघाखोकी लागेको सरहरु, धेरै संग जनसम्पर्क भएका र बाहिरबाट आएका सरहरुमा कोरोना पोजेटिभ देखिन सक्छ । तर रिपोट आउदात ठिक उल्टो पो भयो जसलाई सोचिएकै थियन उसमै पोजेटिभ देखियो ।
अनुभवले के देखायो भने कोरोना जो संग पनि हुन सुक्छ र जहाँबाट पनि सर्न सक्छ । त्यसैले आ आफ्रनो सुरक्षा आफै गर्नु पर्दछ । कोरोना पोजेटिभ देखिएका व्यक्तिले आफ्नो सुरक्षा मात्र होइन अरुको सुरक्षा गरीखिनु पनि एउटा असल नागरीकको चिनारी हुनेछ । त्यसैले पोजेटिभ देखिएका व्यक्तिहरुले आइसोलेशनमा बसी अरुलाई मानसिक त्रासबाट टाढा बनाईदिनु एउटा मानवको मानवीय कर्तव्य हुनेछ ।
PCR रिपार्ट पछि मनमा आएका तरंगहरु

तपाईलाई कोरोना पोजेटिभ देखिएको छ सावधानीका साथ होम आइसोलेशनमा बस्नुहोला भन्ने वित्तिकै मनमा नैराश्यता जाग्यो । एक छिन त विश्वास पनि लागेन । मैले उक्त कुरा घरपरीवारलाई सुनए । सबैको अनुहारमा एककिसिमको नैराश्यता देखिन्थ्यो । सबैलाई सान्त्वना दिँदै मैले आफुलाई सम्हाले । एकै छिनमा मेरो मनमा विश्वको तस्विर आयो । विश्वमा धेरै व्यक्तिले कोरोनालाई जितेका छन र मैले पनि यसलाई जित्न पर्छ । बाहिर जति भने पनि मनमा एक किसिमको त्रास त छदै थियो । सामाजिक रुपमा अव मलाई हेर्ने दृष्टीकोण कस्तो होला भन्ने लागेको थियो । सबै साथीभाइहरु, इष्टमित्र आफन्त, शिक्षक स्टाफबाट फोन आउन थाल्यो, सबैले सान्त्वना दिनुभयो । घरपरीवारबाट हौशला, खानपान र हेरचाहमा अतुलनीया सहयोग मिल्यो जसले मलाई छोटो समयमै कोरोना जित्न सहयोग मिल्यो ।
कोरोना पोजेटिभ देखिए पछिको महसुुस

लक्षण विनाको रिपोर्ट छ । यो एक किसिमको भाइरस हो । आन्मवल वलियो बनाउने र खानपानमा ध्यान दिने हो भने यो रोगलाई सजिलै जित्न सकिन्छ । यो रोग जो कोही संग पनि हुन सक्छ र जहाँबाट पनि सर्न सक्छ । त्यसैले यो रोग सर्नबाट सावधानी अपनाउनु र भइहालेमा उच्च मनोवल, खानपान, सरसफाई र सामाजिक दुरी कायम गरी अरुलाई यसको त्रास फैलाउनु हँदैन । मैले यसलाई केही दिनमै जित्न सक्छु भन्ने महशुस गरेँ ।

घरपरीवार र आफन्तको सहयोग

मलाई यस अवधिमा घरपरीवारको माया ममता, साथ र सहयोग अतुलनीय रह्यो । आफन्त भनेपछि परीवारले रोग भन्दो रहेनछ । तै पनि मैले परीवारबाट टाढा नै बसेँ । छुट्टै कोठा अटेच शौचालय भएकाले घर परीवारलाई त्रासको वातावरण पनि भएन । खाना नास्ता, आफुले प्रयोग गर्ने छुट्टै भाडाको व्यावस्था घरपरीवरले मिलाईदिएको थियो । मान्छे आफ्नो भए पनि रोग आफ्नो हुँदैन । त्यसैले म घरपरीवारबाट सामाजिक रुपमा टाढा नै बसेँ । आफन्त, साथीभाई, शिक्षक स्टाफको हौशला, सल्लाह सुझाव जीवनमा अविस्मरणीय रह्यो ।

कोरोनालाई जित्न गरेका प्रयासहरु
मैले खानपानलाई पहिलो प्रथमिकतामा राखे । झोलिलो पदार्थ, तातो पानी वेसारपानी, गुर्जो र अन्य पोषणयुक्त खाना खाएमा मात्र शरीरले एण्टीवडी उत्पादन हुन्छ तव मात्र रोगलाई जित्न सकिन्छ भन्ने मेरो मान्यता छ सोही बमोजिम मेरो घरपरीवारले उक्त खाना प्राथमिकता दिएकोले पनि मलाई छोटो समयमै कोरोना जित्न सहयोग मिल्यो ।
आखिर कोरोना के हो त?
कोरोना एक किसिमको भाइरस हो जसलाइ कोभिड १९ पनि भनिन्छ । हावाबाट सर्ने यो रोग सजिलै एक ब्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । एक व्यक्तिमा धेरैदिन भाइरस नबाँच्ने भएता पनि अन्य व्यक्तिमा फैलिने सम्भावना यसको तिव्र रहेकाले यस्ता व्यक्तिवाट टाढा वस्नु नै यो रोगबाट वच्ने प्रमुख उपाय हो । आधिकारीक औषधि पत्ता नलागीसकेको अवस्थामा सामाजिक दुरी कायम गरी आफुलाई यो भाइरसबाट टाढै राख्नु पर्दछ ।

कोरोनाबाट बच्न के गर्नु पर्दछ ?

आधिकारीक औषधी पत्ता नलाग्ने वेलासम्म सामाजिक दुरी कायम गरी आफुलाई यो भाइरसबाट टाढा राख्नु यसबाट बच्ने प्रमुख उपाय हो । यस लगायत भिडभाडमा नजाने, सावुनपानीले पटकपटक मिचिमिचि हात धुने, सेनिटाइजरको प्रयोग गर्ने, मास्क लगाउने र उच्च मानोवल बनाउने हो भने यो रोगबाट बच्न सकिन्छ ।
निश्कर्ष
कोरोना चेक गर्ने हो भने जो कोहीलाई पनि देखिन सम्छ । मैले चेक गरेँ देखियो हजुरहरुले चेक गर्नु भएको छैन देखिएको छैन फरक त्यति मात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close