प्रदेशसमाचार

पावर हाउसमा बत्ति बाल्न पञ्चपुरीका मेयर आफै पुगेपछि……..!

[mashshare]

पञ्चपुरी नगरपालिका को वडा नं ६ मा बन्न लागेको लघुजलबिधुत आयोजनाको पावर हाउसमा आज बत्ति बलेको छ । प्राथमिक स्वास्थ्य केन्द्र सालकोट लाई बिधुत अति आबश्यक भएको हुदा नगरपालिका को लगानीमा १० किलोवाट क्षमता को बिधुत उत्पादन गर्न लागिएको छ । वडा नं ६ को खोलिखेत मा पावरहाउस रहेको आयोजना को पावर हाउसमा पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र बहादुर थापा आफै पुगेर बत्ति बालेर उद्धघाटन गर्नुभएको हो ।

पावर हाउसमा बत्ति बले पनि तार र पोल को काम बाकी रहेको हुदा पलैटे बजार सम्म पुग्न केही महिना लाग्ने भएको छ । पञ्चपुरी नगरपालिका को ७१ लाख लगानी रहेको आयोजना को ओसियन पावर सर्भिस प्रा लि बुटवलले निर्माणको जिम्मा लिएको छ । निरन्तर कामको अबरोध र कठिनाई नभए आगामी मंसिर सम्म बत्ती बाल्ने कम्पनीले जनाएको छ । बिधुत उपलब्ध भएपछि प्राथमिक स्वास्थ्य केन्द्र पलैटे मा नियमित एक्सरे सेवा, नेबुलाईजर सेवा, सामान्य अप्रेसन समेत गरिने भएको छ ।
केही समयमा १५ शैयाको अस्पतालमा परिणत हुने स्वास्थ्य केन्द्र मा बिधुत सेवा पुगेमा थप सजिलो हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close