प्रदेश

जुम्लामा भिर बाट खसेकाे ढुँगा लागेर एक जना गम्भीर घाइते

[mashshare]

जुम्लामा भिर बाट खसेकाे ढुँगा लागेर एक जना गम्भिर घाईते भएका छन् । जिल्लाकाे गुठिचाैर गाउँपालिका वडा नम्वर ४ का पुर्ण प्रसाद पाण्डेलाई ताताेपानि गाउँपालिका वडा नम्वर ७ सर्मि गाउँकाे स्याला अाेडार भन्ने ठाउँमा टाउकाे ढुँगा लाग्दा गम्भीर घाईते भएका हुन। गुठिचाैर गाउँपालिका ४ बिगारे बाट ताताेपानि ७ सर्मि गाउँमा विवाह माग्न हिडेका उनी माथि अचानकढुँगा खसेकाे थियाे ।

ताताेपानि ७ सर्मिकाे स्यालाअाेडार भन्ने स्थानमा टाउकाेमा ढुँगा खसेपछि उनि सडक बाट करिव १०० तल नदि किनार सम्म खसेका थिए । टाउकाेमा गम्भीर चाेट देखिएपछि उनलाई उपचारकाे लागि कर्णालि स्वास्थ्य विज्ञान प्रतिष्ठान तर्फ लिईद‌ै गरिएकाे छ । उनी सँगै हिडेका गुठिचाैर ४ कै स्थानिय ले सर्मिका नागरिकलाई खबर गरेपछि उनकाे उद्वार गरिएकाे छ । उनकाे अवश्था नाजुक रहेकाे गुठिचाैर ४ का अर्का स्थानिय ले जानकारि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close