राजनीति

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

[mashshare]

काठमाडौं । कांग्रेसले यस वर्षको कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम नगर्ने जनाएको छ ।

कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिँदै आएको शुभकामना आदान–प्रदान तथा चियापान समारोह कोभिड-१९ का कारण यो वर्ष नगरिने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

वि.सं. २०३३ सालमा बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामनाआदान–प्रदान गर्दै आएको थियो ।

तर यस वर्ष विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ संक्रमण महामारीका कारण यस वर्षको कात्तिक १४ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने मुख्यसचिव पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close