प्रदेशसमाज

पञ्चपुरी १० का नागरिकहरु श्रमदानबाट बाटाे मर्मत गर्दै

[mashshare]

पछिल्लो समयमा अाफ्नाे समुदायकाे बिकासका लागि श्रमदान गर्ने परिपाटी सकिए पनि पञ्चपुरी १० का नागरिक भने श्रमदान गर्न एकजुट भएका छन । पञ्चपुरी १० काे नार्सि देखि बच्छि सम्म जाेडिएकाे सडकमा स्थानीय हरु अाफै बाटाे बनाउन एकजुट भएका हुन । स्थानीय समाजसेवी तथा नेपाली काङ्ग्रेस टाेल सभापति कृष्णबहादुर खत्री र वडा सदस्य गणेश शाहिकाे अगुवाइमा करिव ७ किलोमिटर बाटाे काे झाडि सफाइ गरिएको छ । दमार गाउँ र बच्छि का नागरिक हरु अाफ्नाे गाउँ सम्म गाडी सजिलोसँग पुग्ने अवस्था नदेखेपछि बर्षातकाे समयमा बाटाेमा उम्रेकाे घाँस तथा झाडि सफाईमा जुटेका हुन ।

बर्षातले ठाउँ ठाउमा गएकाे पहिराे र बिग्रेको ठाउमा मर्मत गर्न पुगेकाे पञ्चपुरी नगरपालिका बाट पठाएको जेसिबि लाई बाटाे सम्याउन र मर्मत गर्न अप्ठ्यारो भएको हुदा श्रमदानबाट बाटाे मर्मतका लागि सजिलाे बनाएकाे स्थानीय जनप्रतिनिधि गणेश शाहीले बताउनुभएको छ । प्रत्येक बर्ष बाटाे बर्षातकाे समयमा बिग्रेने समस्या भएकोले ग्राबेल गर्न पहल गरिदिन स्थानीय ले माग समेत गरेका छन ।

यता वडा नं १० अध्यक्ष हरिप्रसाद ढकालले यस बर्ष नगरपालिकाबाट बाटाे निर्माणका लागि २० लाख बजेट बिनियाेजन गरिएको र चाम्री, बच्छि र दमार गाउका नागरिककाे अाबश्यकता अनुसार बाटाे काे काम सुरु गरिने बताउनुभएको छ । बाटाे मर्मत भएपछि वडा कार्यालय मा अावत जावत गर्न र बिरामी बाेक्न सहज हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close