राजनीति

नेपाली काङ्ग्रेसको शुभकामना अादानप्रदान कार्यक्रम पञ्चपुरीमा सम्पन्न

[mashshare]

नेपाली काङ्ग्रेस पञ्चपुरी नगरपालिका वडा नं ५ काे अायाेजनामा दशै मिलन तथा शुभकामना अादानप्रदान कार्यक्रम बाबियाचाैरमा सम्पन्न भएको छ । भेटघाट तथा कार्यक्रममा नेपाली काङ्ग्रेसका पुर्व सुचना तथा सञ्चार मन्त्री शिबराज जाेशी, पुर्ब सुचना तथा संचार राज्य मन्त्री तप्तबहादुर बिष्ट,नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सचिव टाेपबहादुर रावत लगाएतका नेताले दशै, तिहार र छठ पर्बकाे शुभकामना समेत दिनुभएको छ ।

त्यस्तै वीरेन्द्रनगर नगरपालिका प्रमुख देबकुमार सुवेदी, पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापा र उप प्रमुख मुक्ति रेग्मीले चाडपर्व लाई अाफ्नै घरमा र जमघट नगरी मनाउन र काेराेनाकाे लडाइँ सबै नेपालीले जित्नुपर्नेमा जाेड दिनुभएको छ । त्यस्तै नेपाली काङ्ग्रेस का क्षेत्रीय सभापति लालबिर भण्डारी र प्रदेश सभापति कृपाराम थापाले नेपाली काङ्ग्रेस लाई बलियाे बनाउन सबै कार्यकर्ता सक्रियताका साथ लाग्न अाग्रह समेत गर्नुभएको छ । कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ता काे उपस्थिति रहेकाे थियाे । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयले भने यस बर्ष दशैमिलन तथा चियापान कार्यक्रम नगर्ने निर्णय गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close