
महिलाहरुले केही गर्न सक्दैनन् भन्ने पुरानाे साेच लाई परिवर्तन गर्दै पश्चिम सुर्खेतका महिलाहरु ब्यवसायमा अग्रसर भएका छन् । २०७१ सालबाट चाउमिन उद्योग सञ्चालन गरेका दिदिबहिनी चाउमिन उद्योग बाबियाचाैरका महिलाहरूले अहिले पनि निरन्तरता दिएका छन । पञ्चपुरी ५ काे बाबियाचाैरमा ६ जना काे समुहमा ब्यवसाय संचालन गरेका उनिहरुले मासिक ५० हजार भन्दा बढी अाम्दानी गर्ने गरेका छन । ब्यबसाय गर्न भन्दा पहिले घरायसी काम गर्ने, श्रीमान भारतमा गएर काम गर्ने, दैनिक घर खर्च चलाउन मुस्किल पर्ने उनिहरुलाई अाजभाेली घरखर्च चलाएर नियमित बचत समेत गर्ने गरेको उद्योग कि अध्यक्ष भावना रावल बताउँछिन् ।

सुरु सुरुमा दैनिक डेढ क्विन्टल भन्दा बढी चाउमिन उत्पादन गरि पश्चिम का गाउपालिका र नगरपालिकामा पठाउने गरेकाे उनिहरुकाे भनाइ रहेकाे छ । अावाज संस्था बाट तालिम लिएका उनिहरुले मेडेप, अास्था संस्था बाट पनि सहयोग लिएर काम गरिरहेका छन् । दिदिबहिनी चाउमिन उद्योग नाम बाट उनिहरुले उद्याेग संचालन गरेका छन । “बिहान साढे चार बजे नै उठ्छाैँ उद्योग मा गएर ताजा चाउमिन बनाएर पसल हरुमा ९ बजे सम्म पुर्याउने गरेका छाै, दिनभरि घरायसी काम गर्छाैं” अध्यक्ष रावल ले बताईन ।

काेराेना महामारीका कारण पसल हरु बन्द हुने गरेकाे कारण भने जति चाउमिन खपत नहुने गरेकाे उनिहरुकाे भनाइ छ । उनिहरुले अाम्दानिकाे रकम बाट बराबर बाड्ने र दैनिक दुई सय उद्योग काे नाममा सहकारी मा बचत समेत गर्ने गरेका छन् । चाउमिन ताजा र भनेकै समयमा पसलमा पुर्याउने गरेका उनिहरुले प्रति किलो ८० रुपैयाँको दरले बिक्री गर्ने गरेका छन् । लकडाउन काे कारण उद्योग मा पनि असर परेकाे हुदा स्थानीय निकायले महिलाहरुकाे अात्मबल बढाउन र साना उद्योगलाई सहयोग गरेमा राम्राे उपलब्धि देखिने उनिहरुले बताएका छन । अहिले उद्योगमा भावना रावल, लक्ष्मि रम्फेलि, उषा बलामी, कल्पना बरै, शर्मिला पुन र निर्मला तारामीले काम गरिरहेका छन ।