प्रदेशसमाचार

पक्कि पुल निर्माणले चाैकुने र पञ्चपुरी काे मुहार फेरिदै,,

[mashshare]

बर्षाै देखि भेरि नदिले सिमाना छुट्याइएको तातापानी र घाटगाउकाे सम्बन्ध पक्की पुल निर्माण संग जाेडिने भएको छ । यातायात का कारण सजिलै अावतजावत गर्न गाह्राे भएको यस ठाउमा पक्की पुल निर्माण पछि थप सहज हुने भएको छ । घाटगाउ र कुईने काेसेनिगडा जाेड्ने करिव २५० मिटर लामाे पक्कि पुलकाे काम अन्तिम चरणमा पुगेकाे छ । चाैकुने गाउपालिका ९ र १० घाटगाउमा अझै पनि गाडी पुग्न सकेकाे छैन । अहिले पनि गुटु देखि घाटगाउ जाने बाटाे बर्षातका कारण ठाउ ठाउमा बिग्रेको छ । अनक कन्ट्रक्सन ले काम काे जिम्मा लिएको र अब काे केहि महिना मै सम्पन्न हुने भएको छ । पुर्ब सुचना तथा संचार राज्य मन्त्री तप्तबहादुर बिष्टको पहलमा निर्माण हुन लागेको पुुल मध्य याे पनि एक हाे ।

यस अघि पञ्चपुरी ५ काे तिखाकुना र पञ्चपुरी १० नार्सि जाेड्ने पक्की पुल काे काम सम्पन्न भै संचालनमा अाएकाे १ बर्ष पुगेको छ । त्यसैगरी पञ्चपुरी ११ काे ताउले देखि माेहन्याल ७ कुइने जाेड्ने पक्कि पुलकाे काम पनि धमाधम संचालनमा रहेकाेे छ । कुनै समय बिकट बस्तिकाे रुपमा हेरिने घाटगाउ र तातापानी काे मुहार फेरिन थालेकाे छ । गाउमा जग्गाको मुल्य बढे संगै तराई तथा अन्य क्षेत्रमा बसाइँ सरेका स्थानीय हरु अहिले गाउँ फर्कन थालेकाे घाटगाउका स्थानीय भिमबहादुर बि क बताउछन् । चिप्ले देखि घाटगाउ जाेड्ने, घाटगाउ देखि कुईने काेसेनिगडा जाेड्ने र ताउले देखि माेहन्याल जाेड्ने पुल बन्न थालेपछि भेरी कर्णालीकाे दाेभान पर्यटकिय हव बन्ने पक्का भएको छ ।

पुल सम्पन्न भएपछि सुदुरपश्चिम प्रदेशको महेन्द्रनगर देखि जुम्ला पुग्ने गाडिहरु यसै बाटाे भएर जाने भएका छन । छाेटाे बाटाे काे रुपमा रहेकाेले पञ्चपुरी र चाैकुने काे ब्यापारिक केन्द्र कैलाली हुने भएको छ । अहिले पनि दैनिक १ सय भन्दा बढि सवारी साधन अावत जावत हुने गरेका छन । २०७१ सालमा बाढीले क्षति पुर्‍याएकाे याे क्षेत्रमा पुर्ब संचार राज्य मन्त्री काे पुल र बाटाे बनाउने सपना पूरा भएको छ । अाफुले बजेट बियाेजन गरेर काम सुरुवात गरेका बिष्टले स्थानीय निकायकाे चुनावमा हार ब्यहाेरे पनि अाफुले गरेकाे बिकास काे प्रत्यक्ष निगरानि र अनुगमन समेत गर्ने गरेका छन । पुल बने संगै तिखाकुना, नार्सि, कुइने, घाटगाउका ब्यापारीकाे व्यापार समेत बढेकाे छ । पश्चिम क्षेत्रकाे बिकास काे मेरुदण्डको रुपमा पुल निर्माण लाई समेत हेरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close