राजनीति

नेपाल कम्युनिस्ट पार्टी (एमाले) काे पञ्चपुरी अध्यक्षमा थापा र रावत भिड्दै,,

नेपाल कम्युनिस्ट पार्टी (एमाले) काे पञ्चपुरीकाे नगर अधिबेशनमा भिमबहादुर रावत र धनबहादुर थापाकाे प्रतिस्पर्धा हुने भएको छ ।

२ दिन देखि सहमतिकाे प्रयास गर्दा पनि सहमति जुट्न नसकेपछि निर्वाचनको प्रकृयामा अधिबेशन अघि बढेकाे हाे । ५ सदस्यीय निर्बाचन समिति गठन गरेर समितिले निर्वाचनकाे प्रकृया अगाडि बढाएकाे हाे ।

नगर कमिटीमा ७५ जना रहने ब्यवस्था भएपनि यसपटक ६१ जना छनाैट गरिने निर्वाचन समितिका संयाेजक कृष्ण बिसीले जानकारी दिनुभएको छ । अध्यक्षका उम्मेदवार रहेका धनवहादुर थापाकाे प्यानलबाट उपाध्यक्षमा राजकुमारी, सचिवमा धर्मराज ढुंगाना, उपसचिव धनबहादुर सलामी र झक्कीबहादुर सिजापती उम्मेदवारी दिएका छन ।

भिमबहादुर रावत अध्यक्ष उम्मेदवार रहेकाे प्यानलबाट उपाध्यक्ष टिकाकुमारी राना, सचिब शान्तिराज खराल, उपसचिव हाेमबहादुर रामजाली र शुरेस प्रसाद शर्माले उम्मेदवारी दिएका छन ।

निर्वाचन समितिका अनुसार भाेली बिहान साढे ७ बजे देखि मतदान सुरु हुने भएको छ । पञ्चपुरी नगरपालिकामा रहेका वडाबाट प्रतिनिधित्व गर्ने २ सय ५ जनाले मतदान गर्ने भएका छन ।

अध्यक्ष पदका उम्मेदवार थापा हाल वडा नं १ का एमालेवाट निर्वाचित जनप्रतिनिधि (अध्यक्ष ) हुन भने रावत एमाले पञ्चपुरीका नगरकमिटी सचिब हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close