प्रदेशसमाचार

ईलाका प्रहरी कार्यालय बाबियाचाैर द्वारा फरार अभियुक्त पक्राउ

[mashshare]

सुर्खेत प्रहरीले ३० वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ। अभियुक्त सुनारलाई ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक दिपेन्द्र कुमार खत्रीको कमान्डमा प्रहरी सहायक निरीक्षक हरिष साउद र राजेश के.सी. सहितको प्रहरी टोलीले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वडा न ४ शखरीया गाउँमा लुकिछिपी रहेको अवस्थामा पक्राउ गरिएको थियो।

जिल्ला अदालतले २०४७ पुस २६ गते कैद सजायको फैसला गरेका मानबहादुर सुनारलाई प्रहरीले ३० वर्षपछि पक्राउ गरेको हो।पञ्चपुरी नगरपलिका–२ का सुनारले २०४६ चैत १३ गते छिमेकी तुलाराम निउरेलाई कुटपिट गरेका थिए। उनीसहित सहोदर तीन भाइ यो घटनामा संलग्न थिए। जसमध्ये अमरसहित दुई भाई पक्राउ परिसकेका छन् भने एक जना फरार छन् । उक्त घटनापछि पीडित तुलारामको बायाँ हात र बायाँ खुट्टा चल्न छोडेको उनका छोरा डिल्लीराम निउरेले बताए। 

सुनारमाथि व्यक्तिलाई कुटपिट गरी अंगभंग बनाएको अभियोग लागेको थियो। अदालतले उनलाई ८ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। अभियुक्त सुनारलाई बर्दियाको बाँसगढीबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बाबियाचाैरले जनाएको छ । सुनारका तीनै भाइलाई अदालतले ८/८ वर्ष कैद सजाय सुनाएको थियो।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close