राजनीति

राजनीतिक जीवन सुर्खेतमै रहेर बिताउछु: मन्त्री जाेशी ।

[mashshare]

नेपाली काङ्ग्रेसका पुर्ब केन्द्रीय सदस्य तथा पुर्ब सुचना तथा संचार मन्त्री शिवराज जाेशीले अाफ्नाे राजनीति जीवन सुर्खेती माटाे मै बिताउने बताएका छन । नेपाली काङ्ग्रेस काे १४ महाधिवेशन लाई मध्यनजर गर्दै पुर्व मन्त्री जाेशी यतिबेला गाउँ गाउमा अभियान संचालन गरिरहेका छन । पुरानाे नेताकाे रुपमा पहिचान बनाएका जाेशीले चाैकुने गाउपालिका काे विभिन्न ठाउमा नेता तथा कार्यकर्ता प्रबेश गराउन लागि परेका छन ।

मंगलबार मात्रै चाैकुने काे गुटुमा राप्रपा र नेकपा परित्याग गरि काङ्ग्रेस मा प्रबेश गर्नेकाे लहर चलेकाे छ । नेता जाेशिले अाफु समुदायमा पुग्दा पुराना नेता कार्यकर्ता माथि काे बिस्वास र भराेसा उत्तिकै रहेकाे समेत बताएका छन । द्वन्द्वका कारण अाफु बिस्थापित भएपनि सुर्खेत कै भुमिमा रहेर राजनीतिक जीवन बिताउने बताए । अाफ्नाे कार्यकालमा पश्चिम मा बाटाे ल्याउन भुमिका खलेकाे बताउदै जाेशीले अहिलेसम्म बाटाेकाे अवस्था जस्ताको तस्तै भएको देख्दा दुख लाग्ने गरेकाे समेत बताएका छन ।

पछिल्लो चरणमा काङ्ग्रेस देशभर कमजोर देखिएकाे कारण संगठन बलियो बनाउन र पुराना नेता कार्यकर्ता मा उत्साह थप्न अाफु सक्रियता का साथ लागेकाे उनकाे भनाइ रहेकाे छ । फरक प्रसंगमा नेेता जाेशीले पार्टी र जनताले जिम्मेवारी दिए अझै राजनीति सेवा गर्न तयार रहेकाे समेत बताएका छन । पार्टी प्रबेश कार्यक्रममा गुटुमा ३ दर्जन भन्दा बढि कार्यकर्ता काङ्ग्रेसमा प्रबेश गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close