शिक्षासमाचार

पञ्चपुरीका १८ बिद्यालयमा सेनेटरी प्याड बितरण

[mashshare]

पञ्चपुरी नगरशिक्षा शाखा काे अायाेजना मा पञ्चपुरी का १८ अाेटा सामुदायिक बिद्यालयमा रहेका छात्राहरुका लागि सेनेटरी प्याड बितरण गरिएको छ । बिद्यालय का छात्राहरुलाइ महिनावारी हुदा बिद्यालय बाट घरमा पुग्नुपर्ने बाध्यता लाई अन्त्य गर्न प्याड बितरण गरिएको नगरशिक्षा प्रमुख तुलसी केशि ले बताउनुभएको छ । बिद्यालय मा छात्राहरु अाकस्मिक महिनावारी हुदा याे कार्यक्रम ले फाइदा पुग्ने केशी ले बताउनुभयो ।

प्याड बितरणकाे भरपाई गर्दै

पञ्चपुरी नगरपालिका अन्तरगतका अाधारभुत र माध्यमिक तहका सामुदायिक बिद्यालय का लागि प्याड बितरण गरिएको हाे । प्रत्येक चाैमासिक मा बितरण गरिने सेनेटरी प्याड बिहिवार मात्रै २२ हजार प्याकेट बितरण गरिएको छ । सामग्री बितरण कार्यक्रममा नगर उप प्रमुख मुक्ति रेग्मीले बितरण गरिएको सामाग्री बिद्यालय मा अध्ययन गर्ने छात्राहरूको लागि भएको हुदा अरुकाे लागि दुरुपयोग नगर्न अाग्रह गर्नुभएको छ ।

कार्यक्रम मा बाेल्दै उप प्रमुख मुक्ति रेग्मी

नेपाल सरकारकाे प्रत्येक बिद्यालय का किशाेरी हरुलाइ सेनेटरी प्याड बितरण गर्ने कार्यक्रम अनुसार पञ्चपुरीमा पनि सुरुवात गरिएको हाे ।

स्टाेर बाट सामाग्री ल्याउदै
सामाग्री बुझ्न उपस्थिति शिक्षक शिक्षिका
ढुवानीका लागि सवारी साधन
सामग्री बुझेकाे जिम्मा लिदै कर्मचारी
माेटरसाईकलमा प्याड ढुवानी तयार गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close