राजनीतिसमाचार

कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २४ सम्म सर्‍यो

[mashshare]

नेपाली कांग्रेसले कात्तिक २१ गतेका लागि बोलाएको केन्द्रीय समितिको बैठक २४ गतेका लागि सारेको छ ।

बिहीबार कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले कात्तिक २४ गते बैठक बोलाउन सुझाव दिएको एक नेताले बताए ।

कांग्रेस केन्द्रीय  कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी कात्तिक २४ गते दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टिमाथि थप छलफल गरेर सहमति खोजेर बैठक बस्ने ती नेताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close