खेलकुदसमाचार

खुल्ला फुटबल प्रतियोगिता तिखाकुनामा सुरु,

[mashshare]

कालिका स्पाेर्ट्स क्लव पञ्चपुरी तिखाकुनाकाे अायाेजनामा खुल्ला फुटबल प्रतियोगिता अाज देखि सुरु भएको छ । पञ्चपुरी ५ काे तिखाकुना मा संचालन भएको फुटबल प्रतियोगिता मा १६ अाेटा टिमकाे सहभागीता रहेकाे छ । चाैकुने, पञ्चपुरी, बराहताल, वीरेन्द्रनगर बाट खेलाडी काे सहभागीता रहेकाे छ । खेलकुद उद्घाटन गर्दै समाजसेवी मानबहादुर शाहिले युवाहरुमा खेलकुद बिकास गर्न पुर्वाधार बिकासका लागि अाफ्नाे तर्फबाट अाबश्यक सहयोग गर्ने बताउनुभएको छ ।

खेल मानव जिवनकाे लागि महत्त्वपूर्ण भएको हुदा यसकाे बिकासका लागि स्वयं ब्यक्ति देखि लिएर संघसंस्थाले अाबश्यक सहयोग गर्नुपर्नेमा समेत उहाँले जाेड दिनुभएको छ । स्पाेर्टस क्लवका अध्यक्ष प्रेम बहादुर शाहीले खेल मैत्रीपूर्ण तरिकाबाट संचालन गर्ने र खेल संचालन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनुभएको छ । उद्घाटन खेलमा शिवशक्ति चारतारे युवा क्लब मुरमुरीले अायाेजक कालिका स्पाेट्स क्लव तिखाकुना सि लाई १ का बिरूद्घ ४ गाेल गर्दै बिजयी भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close