समाचारसमाज

पुर्ब मन्त्री जाेशीद्वारा डाडादरा एफएम काे भवन उद्घाटन

[mashshare]

डाडादरा सञ्चार सहकारी संस्था लिमिटेड पञ्चपुरी ५ बाबियाचाैरकाे बार्षीक साधारणसभा अाज बाबियाचाैरमा सम्पन्न भएको छ । २०६८ सालमा स्थापना भएकाे सहकारी ले पाचौं साधारणसभा सम्पन्न गरेकाे छ । डाडादरा एफएम संचालन गरेकाे सहकारीले अार्थिक बर्ष २०७६/७७ काे २८ लाख ५२ हजार ८ सय ७३ रुपैयाँ ७१ पैसा बराबरको अाय ब्यय प्रस्तुत गरेकाे छ । सहाकारीका काेषाध्यक्ष कलावति भण्डारीले अार्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको छ भने रेडियो का स्टेसन मेनेजर अमर कार्कीले रेडियोकाे प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको छ ।

सहकारीले बिगत २ बर्ष यता अाफ्नै स्वामित्वको जग्गा गरिद गरि भवन निर्माण सम्पन्न गरेकाे छ । साधारणसभामा डाडादरा एफएम काे नब निर्मित भवनको समेत उद्घाटन गरिएको छ । पुर्ब सुचना तथा संचार मन्त्री शिबराज जाेशीले रिबन काटेर भवनकाे उद्घाटन गर्नुभएकाे हाे । कार्यक्रममा सहकारीको सफलताको शुभकामना दिदै बराहताल गाउपालिका अध्यक्ष तेजबहादुर बस्नेतले डाडादरा ले पश्चिम सुर्खेतकाे पहिचान बाेकेकाे हुदा यसकाे नाम अनुसार अझै व्यापक ढंगबाट जानुपर्ने सुझाव समेत दिनुभएको छ । रेडियो काे प्रगतिका लागि अाफु र गाउपालिका काे तर्फबाट अाबश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएकाे । बस्नेत ले चाैकुने र बराहतालमा रेडियोका प्रतिनिधि राखेर समुदायको समचार संकलन गर्न सुझाव समेत दिनुभएको छ ।

त्यसैगरी पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्रबहादुर थापाले रेडियो काे क्षमता बिकास गर्न छाप्रेमा सब स्टेसन काे याेजना अगाडि बढाउन अाग्रह गर्नुभयो । यसकाे लागत तयार गरेमा गाउपालिका र नगरपालिका मा अाफुले समन्वयको भुमिका निर्वाह गर्ने बताउनुभएको छ । कार्यक्रम मा वडा अध्यक्ष भक्ति पाैडेल, शान्तिराज खराल र धनबहादुर थापाले समचार तथ्य र निश्पक्ष हुन जरुरी रहेकाे अाैलाउनुभयाे । वडा स्तरमा हुने हरेक गतिविधि रेडियो ले समेट्न सकेमा यसकाे प्रभाकारीता बढ्ने बताउनुभयो ।

त्यस्तै जिल्ला समन्वय समिति सुर्खेत का संयाेजक छबिलाल सिग्देलले सहकारी हरु बिच समन्वय गरेर शेयर बृद्धि गर्न सकिने बताउनुभएको छ । साथै उहाले अाफ्नाे तर्फबाट शेयर बढाउन र सक्दाे सहयाेग गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।भवन उद्घाटन तथा साधारणसभा काे सम्बाेधन गर्दै पुर्ब सुचना तथा संचार मन्त्री शिबराज जाेशीले समुदायको खबरदारी गर्ने कुरामा मिडियाकाे भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो । मिडिया संबेदनसिल भएर काम गरेमा समाज परिबर्तन हुने मा जाेड दिनुभयाे । बिगत केही बर्ष यता रेडियोले प्रगति गरेर अाफ्नै भवन निर्माण गरेकाे देख्दा खुसि लागेकाे बताउनुभयाे ।

सहकारी र संस्था काे बिकासका लागि सधैं संबेदनसिल भएर लाग्ने बताउनुभएको छ । कार्यक्रममा सहकारी का उपाध्यक्ष यामबहादुर बिसि ले स्वागत मन्तब्य राख्नुभएको थियोे । सामापन शत्रमा सहकारीका अध्यक्ष रामबहादुर बिष्टले रेडियोकाे बिकासका लागि स्थानीय निकायकाे सहयाेग अाबश्यक रहेकाे र यसका लागि सहयोग गर्न सबैलाई अाग्रह समेत गर्नुभएको छ । रेडियोले अागामि दिनमा विभिन्न शन्देशमुलक कार्यक्रम संचालन गर्ने, साेलार जडान गर्ने, छाप्रेमा सब स्टेसन काे काम सुरु गर्ने याेजना अघि सारेकाे छ । त्यसैगरी बचत तथा ऋण काे काराेबार संचालन गर्ने लक्ष्य लिएको छ । १ सय ४५ जना शेयर सदस्य रहेकाे सहकारीले अागामी दिनमा शेयर बृद्धि गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close