खेलकुद

माेहन्यालमा भलिबल प्रतियोगिता सुरु

[mashshare]

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेल कुद भन्ने नारा का साथ माेहन्याल १ काेसेरी कुन्टा कैलालीमा भलिवल प्रतियोगिता अाज देखि कैलाली मा सुरु भएको छ । माेहन्याल गाउपालिका अन्तरगत का शिक्षकहरुकाे प्रतियोगिता भएको हाे । महाेन्याल गाउपालिका वडा नं १ र २ काे संयुुक्त अार्थिक सहयोग मा खेल सुरु गरिएको अायाेजकले जनाएको छ । खेलकुदकाे उद्घाटन गर्दै कैलाली क्षेत्र नं २ का प्रदेश सदस्य नन्दबहादुर साउद ले खेलकुद बिकास का लागि अाफुले प्रदेशबाट अाबश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।

कार्यक्रम का सभापति देबिदत्त उपाध्यायले खेलकुदले खेलाडिकाे बिकास मात्रै नभई ठाउँ चिनाउने माध्यम भएको बताउनुभयो । उपाध्यायले काेल्तडि देखि दानिगाैडा बिचमा झुलुङ्गे पुलकाे याेजना अगाडि बढाउन अाग्रह गर्नुभएको छ । साथै उहाँ ले माेहन्याल बिकट भएको हुदा बाटाे र पक्कि पुल बनाउन सकेमा बिकास हुने बताउनुभयो । कार्यक्रममा गाउपालिका उपाध्यक्षमा पुजा बुढामगरले कार्यक्रम काे सफलताको शुभकामना दिनुभएको थियोे । कार्यक्रमकाे संचालन कमल देबकाेटाले गर्नुभएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close