खेलकुदसमाचार

खुल्ला फुटबल प्रतियोगितामा BSC बिजयी ।

[mashshare]

कालिका स्पाेर्ट्स क्लव पञ्चपुरी तिखाकुनाकाे अायाेजनामा खुल्ला फुटबल प्रतियोगिता अाज समापन भएको छ । पञ्चपुरी ५ काे तिखाकुना मा संचालन भएको फुटबल प्रतियोगितामा चाैकुने, पञ्चपुरी, बराहताल, वीरेन्द्रनगर बाट गरि १६ अाेटा टिमकाे सहभागीता रहेकाे थियोे । अाज भएको पञ्चपुरी स्पाेर्टस क्लब (PSC) र बाबियाचाैर स्पाेर्टस क्लव (BSC) फाईनल खेलमा पञ्चपुरी स्पाेर्टस क्लब (PSC) लाई बाबियाचाैर स्पाेर्टस क्लव (BSC) ले ० का बिरुद्ध २ गाेल गर्दै बिजयी भएको छ ।

निकै प्रतिस्पर्धामा रहेकाे खेलमा पहिलाे हाफमा BSC का खेलाडी शन्ताेष पुर्काेटिले १ गाेल गरेका हुन । त्यसैगरी दाेस्राे हाफमा गाैरब कार्कीले गरेकाे गाेलले BSC ले २ गाेलकाे अग्रता लिएको हाे । PSC का खेलाडीलाई गाेल गर्ने माैका मिले पनि PSC का गाेल किप्परले गाेल हुन बाट बचाएका थिए । कार्तिक २१ गते देखि संचालन भएको खेल निकै शान्त र अनुशासासित रुपमा संचालन भएको खेल संचालक प्रेम बहादुर शाहीले बताउनुभएको छ । बिजेता भए संगै BSC ले नगद २० हजार प्राप्त गरेकाे छ भने उप बिजेता PSC ले नगद ७ हजारमा चित्त बुझाएको छ ।

खेलमा उत्कृष्ट खेलाडी पञ्चपुरी १० का देबेन्द्र बिसी र उत्कृष्ट गाेलरक्षक PSC का पारस बडुवाल घाेषित भएका छन । अायाेजकले खेल मैत्रीपूर्ण तरिकाबाट संचालन गर्ने र खेल संचालन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close