प्रदेश
[mashshare]
डाेजरकाे टायर पड्किँदा एक जनाकाे ज्यान गयाे

जुम्ला – जुम्लामा डोजरको टायर पड्किँदा एक जनाको ज्यान गएको छ ।
कनकासुन्दरी गाउँपालिका २ मा रहेको उल्खेमा हावा भर्ने क्रममा टायर पड्किएपछि त्यही वडाका ५९ वर्षीय धनराम रावतको मृत्यु गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार हावा भर्दै गर्दा टायर पड्किएपछि रावतको घटनास्थलमै ज्यान गएको हो । प्रहरीका अनुसार मृतकको सनाखत भइसकेको छ ।