खेलकुद

आईपीएलको उपाधिका लागि आज दिल्ली र मुम्बई खेल्ने

[mashshare]

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स खेल्ने भएका छन् ।

यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । मुम्बई साविक विजेता टिम हो भने दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो । दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो ।

पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो । यस सिजनमा मुम्बईले दिल्लीलाई तीन पटक हराएको छ । मुम्बईले यसअघि चार पटक आईपीएलको उपाधि जितिसकेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close