कारोबारसमाचार

नेपाल टेलिकमद्वारा दैलेखमा ‘एफटीटीएच’ मार्फत सेवा सुरु

[mashshare]

दैलेख – नेपाल टेलिकमले दैलेखको सदरमुकाम नारायण नगरपालिकामा पुरानो तामाको तारबाट सञ्चालित सम्पूर्ण टेलिफोनको नेटवर्कलाई अप्टिकल फाइबरले विस्थापित गरेको छ ।

कात्तिक १५ गते स्तरोन्नति सम्पन्न भएपछि नगरपालिकाका सबै नेटवर्कलाई फाइबर टु द होम ‘एफटीटीएच’ मार्फत सञ्चालन गरिएको हो । पुरानो नेटवर्कलाई सम्पूर्ण रुपमा नयाँ अप्टिकल फाइबर नेटवर्कबाट विस्थापित गरिएको नारायण नगरपालिका कर्णाली प्रदेशको पहिलो नगरपालिका भएको छ ।

अहिले नारायण नगरपालिका क्षेत्रमा जम्मा एक हजार २४ लाइन एफटीटीएच नेटवर्क क्षमता छ । यसै वर्ष दैलेखको दुल्लुमा पनि एफटीटीएच सेवा विस्तार गर्ने कार्यक्रम रहेको टेलिकमले जनाएको छ । नेपाल टेलिकमले विभिन्न सहरी र घना बसोबास भएका क्षेत्रमा एफटीटीएच सेवाको विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणका साथै सेवा वितरणमा पनि जोड दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close