प्रदेशसमाचारसमाज

पञ्चपुरी नगरपालिकाकाे भवन निर्माणकाे ७० प्रतिशत काम सम्पन्न, बैशाख सम्म हस्तान्तरण गरिने,

[mashshare]

पञ्चपुरी नगरपालिका काे प्रशासनिक भवनकाे काम अन्तिम चरणमा पुगेको छ । पञ्चपुरी नगरपालिका ५ मा निर्माण सुरु भएको भवन हल सहित ४८ काेठा काे निर्माण हुन लागेको हाे । हाल सम्म नगरपालिकाकाे प्रशासनिक काम भाडाकाे घरमा संचालन हुँदै अाएकाे छ । नगरपालिका का अन्य शाखाहरु सभाहल तथा पुराना कार्यालय बाट संचालन भएका छन । सभा हल बाट राजस्व, याेजना, महिला बालबालिका,स्टाेर, उद्याेग, प्राबिधिक लगाएतका शाखाकाे काम संचालनमा रहेकाे छ । त्यसैगरी कृषि, पशु, स्वास्थ्य, शिक्षा शाखा हरु पुरानाे भवनबाट संचालनमा अाएका छन ।

२ बर्ष भित्र काम सम्पन्न गर्ने लक्ष्य रहेकाे भवनमा नगरपालिकाले पनि निरन्तर अनुगमन गर्ने गरेकाे प्रमुख प्रशासकीय अधिकृत माेहन बहादुर बुढाले बताउनुभयो । नागरिक हरुलाइ सेवा लिनकाे धेरै शाखाहरुमा जानुपर्ने बाध्यता काे अन्त्य हुने नगरपालिका ले जनाएको छ ।

राेयल कन्ट्रक्सनले गत बर्षकाे माघ महिना बाट निर्माणकाे जिम्मा लिएको र अहिलेसम्म ७० प्रतिशत काम सम्पन्न भएको प्राेजेक्ट म्यानेजर तथा ईन्जिनियर बिकास रावलले जानकारी दिनुभएको छ । समयमै काम सम्पन्न गर्ने लक्ष्य लिएको कन्ट्रक्सनकाे काेराेना महामारीको समयमा केही ढिलाइ भए पनि अहिले निरन्तर काम संचालनमा रहेकाे छ ।

करिव ६ कराेड काे ठेक्का सम्झाैता भएको भवनमा मार्बल टायल बिछ्याउने, बाहिरी भाग फिनिसङ्ग र रङ्गराेगन काे काम मात्रै बाकि रहेकाे छ । निरन्तर काम संचालन भएमा अागामि बैशाख महिनामा उद्घाटन गर्न सकिने रावल काे भनाइ छ । भवन संचालनमा अाएपछि नागरिक लाई एउटै भवन बाट सेवा लिन थप सहज हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close