सुर्खेतमा ८ जना जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा आठ जना जुवाडेलाई खालबाटै पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–३, जुम्लारोड स्थित तिनतोली होटलको कोठा नंं १०८ बाट प्रहरीले दुई गड्डी ताससहित १ लाख ३ हजार ५ सय ३५ रुपैयाँसहित खालबाटै उनीहरुलाई पक्राउ गरेको हो । उनले जुम्लारोड स्थित तिनतोली होटलमा गएराती करिब ११ बजेतिर जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा जिप्रकाबाट खटिएको प्रहरी निरीक्षक गोपाल रायमाझी नेतृत्वको १५ सदस्यीय प्रहरी टोलीले जुवाडेलाई पक्राउ गरेको बताए ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–३, का ४२ वर्षीय चक्रबहादुर शाही, ४० वर्षीय जीवन शाही, ३० वर्षीय तपेन्द्र शाही, ३० वर्षीय नविन शाही, ३३ वर्षीय बजिर शाही, ४३ वर्षीय गणेश शाही, ४६ वर्षीय कटक शाही र ४३ वर्षीय भीमबहादुर शाही सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार अहिले थप अनुसन्धान भईरहेकाले कानून वमोजिम कार्वाहीको प्रक्रिया अगाडि बढाईने छ ।