कारोबारप्रदेशसमाज

बाताबरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाद्वारा मृतक सदस्यका परिवारलाई नगद सहयोग,

बाताबरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लघुबित्त कार्यक्रम बाबियाचाैर शाखाले मृतक सदस्यका परिवारलाई नगद सहयाेग प्रदान गरेकाे छ ।

बाबियाचाैरकाे सेवा केन्द्र नं ८७ का गाेमा सारु मगर यश अघि दुर्घटना भई असामहिक निधन भएको थियोे ।

बिमा सुबिधा २ बर्ष देखि सुरु गरेकाे संस्थाले अाज मृतकका परिवारलाई २५ हजार किरिया बापत खर्च, आश्रीत परिवार १ लाख, बिमा बापत ७ हजार ५ सय, पेन्सन ४२ हजार गरि १ लाख ७३ हजार ७५ रुपैया मृतकका श्रीमान मिलन सारु मगर हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा वडा नं ५ का अध्यक्ष हाेमबहादुर रामजालीले पहिलेकाे समयमा गाउका साहु संग महङ्गो ब्याजमा पैसा लिएर काम गर्नु पर्ने बाध्यता लघुबित्तले हटाएकाे बताउनुभयाे ।

रामजालीले ऋण बितरण गर्दा कागजात मिलाएर मात्रै दिनु भन्दा पनि घर तथा पारिवारिक बिषयलाइ बुझेर ऋण लगानी गर्न सुझाव दिनुभएकाे छ । केही खराब पक्ष भए पनि बातावरण संस्थाका धेरै राम्रा पक्ष भएको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close