समाचार

विद्यार्थीलाई निःशुल्क सिम वितरण गर्न संचारमन्त्री गुरुङको आग्रह

[mashshare]

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सामुदायिक विद्यालयमा अनलाइन पठनपाठनका लागि विद्यार्थीलाई निःशुल्क सिम वितरण गरी इन्टरनेटको व्यवस्था गर्नुपर्ने बताएका छन् । मन्त्री गुरुङले कमलादीस्थित नेपाल दूरसञ्चार प्राधिकरणको केन्द्रीय कार्यालयमा मङ्गलबार अनुगमनका क्रममा यस्तो बताएका हुन् ।

सरकारका प्रवक्ता समेत रहेका गुरुङले चालु शैक्षिक सत्रको पठनपाठन विद्यालय तहमा सञ्चालन हुन नसकेको अवस्थामा अनलाइन कक्षा सञ्चालनमा आवश्यक पहल गरिने उल्लेख गरे । उनले स्थानीय तहका हरेक वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयमा इन्टरनेट सेवा द्रुत गतिमा विस्तार गर्न निर्देशन समेत दिए ।

सिंहदरबारमा समेत इन्टरनेट सेवा गुणस्तरीय नभएको चर्चा गर्दै मन्त्री गुरुङले सेवा गुणस्तरीय, सस्तो र भरपर्दो बनाउन प्राधिकरण र नेपाल टेलिकमले नयाँ कार्ययोजनाका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री गुरुङले देशभर अप्टिकल फाइबर बिच्छ्याउने (सूचना महामार्ग) कार्य तोकिएको समयमा सम्पन्न गर्न आवश्यक व्यवस्था मन्त्रालयका तर्फबाट गरिने वचन वद्धता प्रकट गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close