खेलकुद

बाबियाचाैरमा भएको फुटसल प्रतियोगिता काे उपाधि JYC लाई,

[mashshare]

जनचेतना युवा मञ्च पञ्चपुरी ६ काे अायाेजनामा भएको फुटसल प्रतियोगिता काे उपाधि JYC क्लव पञ्चपुरी ६ ले हात पारेकाे छ । पञ्चपुरी ६ काे समूह प्राथमिक बिद्यालयकाे प्राङ्गणमा भएको खेलमा १० अाेटा टिमकाे सहभागीता रहेकाे थियाे । खेलाडी हरुमा खेल बिकासका लागि विभिन्न निकाय संग समन्वय गरि बजेट ब्यवस्थापन गरेकाे क्लवका अध्यक्ष मदन रिमालले बताउनुभएकाे छ ।

अाज भएको CMC र JYC क्लब बिचकाे फाइनल खेलमा JYC ले CMC क्लब लाई ० का बिरुद्ध २ गाेल गर्दै बिजेता भएको हाे । खेलमा JYC का खेलाडि धर्म बिक र गाैरब कार्कीले १-१ गाेल गरेका हुन । २ दिन सम्म संचालन भएको खेलमा प्रथम हुनेलाइ नगद १० हजार दाेस्राेले २ हजार ५ सय मेडल प्रमाणपत्र दिएकाे अायाेजकले जनाएको छ । जनचेतना युवा मञ्च ले फुटसल खेलकाे बिकासका लागि पहिलोपटक पश्चिम सुर्खेतमा खेलकाे अायाेजना गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close