समाचार

भाइटीकाको दिन पश्चिमका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना

[mashshare]

काठमाण्डाै – यसपालिको तिहारमा मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको छ ।

भाइटीकाको दिन भने पश्चिमका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भाइटीकाको दिन सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । तर ठूलो पानी पर्ने सम्भावना भने छैन । अरु ठाउँमा पनि सामान्य बादल लाग्दै घाम लाग्ने सम्भावना छ ।

अहिले प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी भेगमा आंशिक बद्ली रहेर बाँकी ठाउँमा सामान्यतः मौसम सफा छ । आज दिउँसो पनि प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ujyaalo

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close