
बैतडी – बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा भएको बस दुर्घटनामा ९ जनाको ज्यान गएको छ भने ३४ जना घाइते भएका छन् ।
बैतडीको गन्नाबाट महेन्द्रनगरको लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक गए राति करिब साढे १० बजेतिर सडकबाट खसेर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार ८ जनाको घटनास्थलमै र एक जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये बैतडीको दोगडाकेदार-६ का प्रहरी जवान रणबहादुर चन्द, नरेन्द्र चौधरी, जगतनाथ ओझा, विमल बडु र तारा गिरीको नाम खुलेको छ ।